११ कार्तिक २०८३, बुधबार

कांग्रेसभित्र चरम भाँडभैलो, देउवालाई असहयोग गर्नेहरूको लामै सूची

19.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deubaकाठमाडौं, २८ साउन । व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा चरम भाँडभैलो सुरु भएको छ ।

एकले अर्कोलाई नगन्ने र कोही कसैलाई नमान्ने प्रवृत्ति संस्थागत भएपछि पार्टी कुन संयन्त्रबाट कसरी चलेको छ भन्ने समेत थाहा हुन छाडेको छ । जनआह्वान साप्ताहिकले समाचार छापेको छ ।

उनलाई असफल बनाउन रामचन्द्र पौडेल, खुमबहादुर खड्कालगायतका नेताहरु हात धोएर लागेका छन् ।

पार्टीले वरिष्ठ नेता दिने निर्णय नगरेपनि पौडेल आफूलाई वरिष्ठ नेता भन्दै गुटबन्दी गरेर हिँडेका छन् ।

उनलाई साथ दिनेमा उद्योग धन्दा डुबाएका र नेपाललाई हरिकंगाल बनाउने डा। रामशशरण महत, प्रकाशमान सिंहलगायतले साथ दिँदै आएका छन् । उनीहरु पौडेललाई भन्दा पनि आफूलाई केन्द्रबिन्दुमा राखेर राजनीति गरिरहेका छन् ।

यस्तै कृष्णप्रसाद सिटौलाको ताल पनि उस्तै छ । उनले पनि पछिल्लो दिनमा आफूलाई केन्द्रमा राखेर सभापतिसँग बार्गेनिङ गरिरहेका छन् ।

रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको वर्तमान सरकारमा आफ्नो पक्षलाई ४० प्रतिशत हिस्सा दिनुपर्ने भन्दै माग गरेका छन् ।

जसका कारण मन्त्रिपरिषद् विस्तारमा समस्या हुँदै आएको छ । मन्त्रिपरिषद नै विस्तार गर्न नदिने र सरकार असफल बनाउने धन्दामा पौडेल समूह हात धोएर लागेको छ । त्यसमा सिटौलाको पनि मत मिलेको छ ।

उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा आँखा लगाएका सिटौलाको मनको चाहना गृहमन्त्रीमा विमलेन्द्र निधि आएपछि तुषारापात भएको थियो ।

एकले अर्कोलाई स्वीकार नै गर्न नसक्ने सिटौला र निधिको झगडाका कारण सिटौला किनारामा फालिए भने निधि सफल भए ।