११ कार्तिक २०८३, बुधबार

‘प्रचण्ड’ले योग्य सल्लाहकार तथा विज्ञ पाएनन् ! सरकारले गर्‍यो यस्तो निर्णय गरे

9.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand Pm Mao Centerकाठमाडौं, २८ साउन । सरकारले सुशासन (व्यवस्थापन तथा नियमावली) २०६५ लाई संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रीका सल्लाहकारमा नियुक्तिका लागि स्नातकोत्तर उपाधि हासिल गरेको योग्यता हुनु पर्ने मापदण्ड हटाएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा सल्लाहकारमा प्रस्तावित व्यक्तिहरुको योग्यता नपुगेकाले सरकारको सुशासन (व्यवस्थापन तथा नियमावली) २०६५ संशोधन गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘नियमावलीको दफा २२ मा रहेको सल्लाहकार हुन स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेछ भन्ने व्यवस्था हासिल गरेको हुनुपर्नेछ भन्ने व्यवस्था मन्त्रिपरिषदले हटाएको छ ।

अब प्रधानमन्त्री तथा मन्त्रीले स्नतकोत्तर उपाधि हासिल नगरेका नेता तथा कार्यकर्तालाई समेत सल्लाहकार नियुक्ति गर्ने बाटो खुलेको छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो ।