पर्सा, ७ भदौ । वीरगन्ज–पथलैया सडकखण्डको छातापिपरा चोकमा शुक्रबार राति ट्रकले टाटासुमोलाई ठक्कर दिँदा सुमोमा सवार दुई जनाको मृत्यु भएको छ ।
वीरगन्जबाट पथलैयातर्फ जान लागेको ना ३ ख ५२९३ नम्बरको ट्रकले काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको ना १ ज ४२६९ नम्बरको टाटासुमोलाई ठक्कर दिँदा सुमोमा सवार पर्साको हरपुर–९ का ललितादेवी चौधरी र धमेन्द्र चौधरीको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट सुमोमा सवार रहेका हरपुर–९ का ज्ञानादेवी चौधरी, परमानन्द चौधरीलगायत पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घाइतेको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
यता, चितवनमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रुको मृत्यु भएको छ ।
भरतपुरको केन्द्रीय बसपार्कबाट बाइपास रोड हुँदै आँपटारी जाँदै गरेको ना ३० प २०६१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिँदा भरतपुर नगरपालिका–११ का साइकलयात्रु टोपबहादुर रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार जानकारी दिएको छ ।
शुक्रबार अपराह्न भएको दुर्घटनामा परी गम्भीर घाइते भएका रानाभाटको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा राति मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
















प्रतिक्रिया