३० आश्विन २०८३, शुक्रबार

लुक्लाका प्रहरीलाई अङ्ग्रेजी तालिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_police

सोलुखुम्बु, ७ भदौ । पर्यटकीय सिजन सुरु भएसँगै लुक्लामा कार्यरत पर्यटन प्रहरी तथा विमानस्थल सुरक्षा गार्डलाई अङ्ग्रेजी भाषासम्बन्धी १५ दिने तालिम दिइएको छ ।

तालिममा पर्यटक प्रहरी, विमानस्थल सुरक्षा गार्ड, इलाका प्रहरी कार्यालय लुक्लासमेत गरी ३५ जनाको सहभागिता रहेको इलाका प्रहरी कार्यालय लुक्लाका प्रहरी निरीक्षक रामकाजी थामीले जानकारी दिनुभयो ।

पर्यटकसँग कुराकानी गर्न तथा उनीहरूको परिचयपत्र हेर्नसमेत प्रहरीलाई समस्या भएपछि पर्यटक र प्रहरी दुवै समस्यामा पर्दै आएका थिए । सोही समस्या समाधानका लागि प्रहरीलाई अङ्ग्रेजी भाषा तालिम दिइएको हो ।

लुक्लामा रहेको पर्यटक प्रहरी कार्यालयमा १० दरबन्दी रहेकोमा आठजना प्रहरी मात्र कार्यरत रहेका छन् । पर्यटकीय क्षेत्रमा पर्यटकलाई सहयोग गर्न तथा कानुनविपरितका गतिविधि रोक्न लागि पर्यटन प्रहरीको व्यवस्था गरिएको हो । रासस