२६ कार्तिक २०८३, बिहिबार

आलोचना गर्ने ठाउँ नपाएपछि कुचो र नाङ्लो लगेको आरोप लगाइयोः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kpकाठमाडौं, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले कहिँकतै खोट लाउने काम नगरेको दाबी गर्दै आलोचना गर्ने ठाउँ नपाएपछि बालुवाटारमा कुचो र नाङ्लो लगेको आरोप लगाएको बताएका छन् ।

बुधबार प्रेस चौतारी नेपालले एमाले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले देश र जनताको पक्षमा गरेको काम सहन नसक्नेहरुले अनावश्यक आरोप लगाएको बताए ।

आफूले प्रधानमन्त्री प्रचण्डले सपथग्रहण गर्नु अघि नै सबै सामानहरू जिम्मा लगाएर मात्रै बालुवाटार छोडेको स्पष्ट पारे ।