धुन्चे, ७ भदौ । रसुवा र चिलिमे जलबिद्युत कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई हटाउने निर्णयको विरुद्धमा अनिश्चितकालिन रसुवा बन्द भएको छ र
बन्दकर्ताले स्याफ्र स्थित ठुलोभार्कुमा रुख ढालेर सडक अबरुद्ध पारेका छन् । ।
बन्दकर्ताहरुले बन्दको अबज्ञा गरेको भन्दै स्याफ्रु स्थित सानोभार्कुमा गाडि तोडफोड गरेका छन ।
प्रहरी प्रमुख अनुरागकुमार द्धिबेद्धिका अनुसार स्याफ्रुबाट धुन्चेतर्फ आउदै गरेको एक ब्यापारीको बा ८ च ७४२० नम्बरको पिकअप गाडी शुक्रबार मध्यान्न १२ बजे बन्दकर्ताहरुले सानोभार्कुमा तोडफोड गरेका थिए ।
बन्दकर्ताले भदौ ३ गते चिलिमेको थाम्वुचेतमा भएको घटनामा प्रहरीले निर्दोश पकाउ गरेकोमा आपत्ती जनाएका छन ।
बन्दका कारण रसुवामा मोटर साईकल बाहेक सवारी साधनहरु चलेनन् ।
















प्रतिक्रिया