– विमल योगी
काठमाडौं, २६ साउन । एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी ओलीले प्रचण्डले सहिछाप गर्दैमा देशको हितविपरित सहयोग गर्न नसकिने बताएका छन् ।
धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बुधबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तर सम्वाद कार्यक्रममा ओलीले सहिछाप गरेर आएको प्रचण्डको म्यादी सरकारका अनुचित कामलाई सहयोग नगर्ने बताए ।
‘यो लिखित म्यादि सरकार हो’, उनले भने, ‘दायाँबायाँ गरेर बनेको सरकार हो धेरै ठाउँमा ल्याप्चे ठोकेको छ । देशको हित हेर्छौँ । अनुचित कुरालाई सहयोग हुँदैन ।’
ओलीले संविधान संशोधनमा एमालेले माओवादी, कांग्रेस र मधेसी मोर्चालाई असहयोग गर्ने स्पष्ट पारे । उनले भने, ‘संविधानका विषय के के हुन् जानकारी छ । अनुचित कुरामा सहमति हुँदैन ।’
मुलुकलाई साम्प्रदायिकतातिर लैजाने कार्य भइरहेको बताएका अध्यक्ष ओलीले भने, ‘अहिले फेरि साम्प्रदायिकता फैलाउने, पारस्परिक घृणामा देशलाई लैजाने तयारी भएके छ । सबैभन्दा ठूलो दलका नेताहरूको अभिव्यक्रिले साम्प्रदायिकतातिर लैजाने देखिएको छ ।’
ओलीले ०७४ मंसिरभित्र संसदीय चुनाव नगराउने षड्यन्त्र भइरहेको आफूले जानकारी पाएको दाबी गरे । ‘मुलुकलाई राजनीतिक र संवैधानिक रिक्ततारित लैजाने षड्यन्त्र सुरु भएको छ’, उनले भने, ‘यसका विरुद्ध एमाले लाग्नेछ ।’
‘मेरो आलोचना गर्ने ठाउँ नपाएर ओलीले कुचो, नाङ्लो लगेर गयो भनेका छन्’, उनले भने, ‘मेरो बद्नाम गर्न तल्लोस्तरसम्म गएका छन् ।’












प्रतिक्रिया