११ कार्तिक २०८३, बुधबार

वैशाखसम्म सरकारको आयु, प्रचण्डले मन्त्री नै पाएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandकाठमाडौं, २६ साउन । आगामी वैशाखसम्म सरकार चलाउने समयसीमा पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद विस्तार गर्न कठिन हुँदै गइरहेको छ ।

सरकार गठनको एक साता बित्दा पनि सत्ताका प्रमुख साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट मन्त्री तोक्न नसक्दा मन्त्रिपरिषद विस्तारमा अन्योल बढेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

माओवादीले प्राप्त गरेका आठमध्ये पाँच मन्त्रीको नाम टुंगो लगाउन मंगलबार बसेको हेडक्वार्टर बैठक बिनानिष्कर्ष टुंगियो ।

यसअघि प्रधानमन्त्री प्रचण्डसँगै माओवादीका तीन र कांग्रेसका दुई मन्त्रीले शपथ लिएका थिए ।

सोमबार प्रचण्डले राप्रपाका दुई र नेकपा संयुक्तका एक मन्त्री चयन गरे पनि मुख्या सत्ता साझेदारबाटै नाम टुंगो नलाग्दा ती तीन जनालाई कुन मन्त्रालय दिने भन्ने पनि अन्योलै छ ।

स्रोतका अनुसार कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई नेविसंघको महाधिवेशनपछि मन्त्रीको टुंगो लगाउने जानकारी दिएको छ भने माओवादी केन्द्रमा मन्त्री हुन खोज्ने आकांक्षी धेरै भएकाले समस्या परिरहेको छ ।

सत्ता बाँफाँड क्रममा माओवादीले प्राप्त गरेका पाँच मन्त्रालयमा दर्जनभन्दा बढीले हानथाप गरिरहेको एक नेपालले जानकारी दिए ।

माओवादीले तीन चार दिनमा मन्त्रीको टुंगो लगाउने तयारी गरेपनि कांग्रेममा भने अझै लामो समय लाग्ने सम्भावना छ ।