काठमाडौं, २५ साउन । आमरण अनशनमा बसेका नेपाल विद्यार्थी संघका नेता गणेश सापकोटा र रत्नहरि ढुङगेललाई ओम हस्पिटल लगिएको छ ।
अनसनमा बसेमा दुबै जनाको स्वास्थ्यअवस्था अत्यन्त चिन्ताजनक रहेकाले मंगलबार राति मोडल हस्पीटलबाट डिस्चार्ज गरी ओम हस्पीटल लगेको संघका नेता पिताम्वर भण्डारीले जानकारी दिए ।
उनका अनुसार कांग्रेस नेता गगन थापा पनि अनसनकारीसँगै ओम अस्पिटल पुगेका छन् । सापकोटा र ढुंगेलको सघन कक्ष (आईसियू)मा राखेर उपचार भइरहेको छ ।
सापकोटा र ढुंगेल करिव दुई हप्तादेखि आमरण अनसनमा रहेका छन् । उनीहरूले विधिवत महाधिवेशन हुने प्रत्याभूति नभएसम्म मृत्युपर्यन्त आमरण अनसन नतोड्ने अडान राखेका छन् ।











प्रतिक्रिया