२६ कार्तिक २०८३, बिहिबार

हेलिकप्टर दुर्घटनाको छानविन गर्न समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Helicopter

काठमाडौं, २५ साउन । सरकारले ७ जनाको ज्यान जाने गरी भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न मंगलबार चार सदस्यीय छानविन समिति गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि तत्कालिन हवाई विभागका महानिर्देशक हरिभक्त श्रेष्ठको अध्यक्षतामा गठित छानविन समितिमा नेपाली सेनाका प्रमुख सेनानी तथा हेलिकप्टर पाइलट सुवास थापा र सिम्रिक एयरका इन्जिनियरिङ निर्देशक विष्णु बस्न्यात सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सहसचिव सुरेश आचार्य सदस्य छन् । छानविन समितिलाई काम सुरु गरेको तीन महिना भित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

सोमबार गोरखाको फिलिमबाट सुत्केरी बोकर काठमाडौं आउने क्रममा हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको थियो ।