२६ कार्तिक २०८३, बिहिबार

पशुपति शम्शेर र कमल थापावीच वाकयुद्ध, एकअर्काले लगाए गम्भीर आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-Shamsher-Rana-and-Kamal-Thapa-24445415काठमाडौं, २५ साउन । पार्टी एकता बिथोलिएसँगै राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणा र राप्रपा नेपालका अधयक्ष कमल थापावीच ‘वाकयुद्ध’ चलेको छ ।

राणा र थापाले पार्टी एकीकरण बिथोलिनुको कारण एकअर्कालाई लगाएका छन् । दुबैले एकीकरण प्रक्रिया बिथोलिनुमा आ–आफ्नो कुनै भूमिका नरहेको दाबी गरिरहेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर राप्रपासँग अब कुनै हालतमा एकता नगर्ने आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् । थापाले भने, ‘पशुपतिजीले बेइमानी गर्नुभयो, उहाँले एक पक्षीय निर्णय गर्दै हामीसँग झुट बोल्नु भयो ।’

उता, राप्रपाका अध्यक्ष राणाले सहप्रवक्ता किरण गिरीमार्फत विज्ञप्ति जारी गराएर कमल थापाको आरोपको खण्डन गर्दै आफू सधैँ पार्टी एकताको पक्षमा रहेको दाबी गरेका छन् । राणाले पार्टी एकताको अध्यय नतुहिएको बताएका छन् ।

थापाले पत्रकार सम्मेलनमा ‘पार्टी एकताको अन्तिम चरणमा आएर राप्रपा सरकारमा जानुले पार्टी एकताको अध्याय तुहिएको छ’ भनेका थिए ।

तत्कालका लागि दुई राप्रपाबीच वाकयुद्ध जारी रहेकाले सम्वादसमेत हुन नसक्ने केही नेताहरूको बुझाइ छ ।