२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-bode

काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत पिटर डब्ल्यु बोडीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले अमेरिकामा उपचारपछि छिट्टै काममा फर्कनुभएकामा खुसी पनि प्रकट गर्नुभयो । भेटवार्तामा राजदूत बोडीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्त सफलतापूर्वक सम्पन्न भएकामा प्रधानमन्त्री कोइरालालाई बधाई दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

उहाँले नेपाल र भारतबीच हुन लागेको विद्युत् व्यापार सम्झौता (पिटिए) ले अनुपम अवसर सिर्जना गर्ने बताउँदै पिटिए भएमा नेपालमा लगानी गर्न अरु कम्पनी आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको विकासमा अमेरिका निरन्तर सहयोगी हुने उल्लेख गर्दैे जलविद्युत्को विकासमा एकको सुरुआत भएमा धेरै सम्भावना खुल्ने बताउनुभयो । नेपालको शान्तिप्रक्रिया विश्वमा नै राम्रो नमुना भएको उल्लेख गदैँ उहाँले संविधान निर्माणका सम्बन्धमा आफ्ना सरकारका तर्फबाट पूर्ण सहयोग हुने विश्वास दिलाउनुभएको थियो ।

राजदूतले नेपालका विभिन्न भागमा हालै आएको विनाशकारी पहिरो र बाढीबाट प्रभावित व्यक्ति र परिवारप्रति समवेदना र सहानुभूति प्रकट गर्दै आवश्यक सहयोग गर्ने वचन दिनुभएको थियो ।

प्रधानमन्त्री कोइरालाले पिटिए र विद्युत् विकास सम्झौता (पिडिए) दुवै हुने कुरामा आफू विश्वस्त रहेको बताउँदै भारतीय प्रधानमन्त्रीले नेपालको सार्वभौमिकतालाई सम्मान गरी समानताका आधारमा सम्बन्ध विकास गर्ने चाहना प्रकट गरेर नयाँ आशाको सञ्चार गर्नुभएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले सबै दललाई राष्ट्रिय सहमतिमा ल्याउने प्रयास भइरहेको बताउँदै निर्धारित समयभित्रै लोकतान्त्रिक संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको थियो । रासस