११ कार्तिक २०८३, बुधबार

काजीलाई बढार्ने कसको योजना ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayankaji Shresthaकाठमाडौं, २५ साउन । एकताप्रक्रियापछि माओवादीभित्र दुई समुहबीचको लडाई जारी भएको कुरा नौलो होइन ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठबीचको लडाईले माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत अप्ठ्यरोमा छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

जनयुद्ध नै नलडी प्रचण्डसँग टाँसिएर फाइदा लुटेको भन्दै काजीको विरोध माओवादीभित्र पहिल्यैदेखि हुने गरेको थियो । उक्त प्रसंग झिक्दै फेरि काजीलाई बढार्न बादल समुह सक्रिय बनेको छ ।

माओवादी मुख्यालय पेरिसडाँडामा जम्मा हुने कार्यकर्ताले समेत चियापसलदेखि सार्वजनिक स्थलमा काजीको विरोध गरेको पाइन्छ । खासगरी सरकार परिवर्तन र गठनबारे माओवादीले लिएको पछिल्लो निर्णयका कारण काजी माओवादीभित्र आलोचित छन् ।

बादलसहित एकताप्रक्रियामा आएका नेताहरुले प्रचण्डलाई काजी काखी नच्याप्न दबाब दिँदै आएको स्रोतको दावी छ । प्रचण्डले भने सबैलाई मिलाएर लैजानुपर्ने बताउँदै आएका छन् ।

बादलसहितको टोली एकतामा आएपछि प्रचण्ड काजीसँगको उठबसमा छैनन्। पहिलेजसरी कुनै पनि निर्णय गर्दा पनि काजीलाई सोध्ने चलन प्रचण्डले छाडिसकेका छन् ।

पार्टीमा पहिले जसरी प्रचण्डसँग टाँसेर फाइदा लुट्न खोजेजमा पार्टीभित्रै निकाल्ने योजनामा बादल समुह रहेको स्रोतले जनायो । तत्काल भने काजीलाई मिलाएरै लैजाने उनीहरुको योजना छ । पार्टी एकता नहुँदै फेरी फुट भएको सन्देश प्रवाह हुँदा पार्टीलाई असर हुने भन्दै उनीहरुले काजीलाई मनाइरहेका छन् । ढिलाचाँडो उनलाई मिलाएर निकाल्ने उनीहरुको तयारी छ।

प्रचण्डले सकेसम्म दुवैलाई मिलाएर लैजाने योजना बनाएका छन् । तर सरकार गठनपछि काजीले सार्वजनिक रुपमै व्यक्त गरेको असहमतिले पार्टीमा झन् विवाद चुलिएको छ।