काठमाडौं, २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
सोमबार साँझ राप्रपाबाट दीपक बोहोरा र विक्रम पाण्डे तथा नेकपा संयुक्तबाट जयदेव जोशी मन्त्री पदमा नियुक्त गरिएको हो । नव नियुक्त मन्त्रीहरुले साँझ नै शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले तीनैजना मन्त्रीहरुको मन्त्रालय अहिले नतोकिएको बताए ।
यससँगै मन्त्रिपरिषद् नौ सदस्यीय बनेको छ ।
यसअघि यही साउन २० गते सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) का प्रधानमन्त्रीसहित चार र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका तर्फबाट दुई गरी छ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।












प्रतिक्रिया