२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीका कारण राज्य पुनर्संरचनासम्बन्धी बैठक अचानक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pm-Prachandकाठमाडौं, २४ साउन । राज्य पुनर्संरचनाका विषयमा छलफल गर्न सोमबारका लागि तोकिएको नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूको बैठक अचानक स्थगित भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताका लागि बैठक बुधबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री दाहालको निजी सचिवालयका अनुसार राज्य पुनर्संरचनाका विषयमा छलफल गर्न विज्ञहरूको राय र प्रस्तुतीसहित कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक सोमबारका लागि बोलाइएको थियो ।

अब यो बैठक साउन २६ गते बुधबार २ बजे बस्नेछ । सोही बैठकमा मधेसी मोर्चाले उठाउँदै आएको राज्य पुनर्संचनाका विषयमा पनि छलफल हुनेछ ।