२६ कार्तिक २०८३, बिहिबार

विरामी बोकेको हेलिकोप्टर दुर्घटना, सुत्केरी र शिशुसहित ७ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fishtail-Air-Crash-3

काठमाडौं, २४ साउन । नुवाकोटमा दुर्घटनाग्रस्त फिस्टेल एयरको हेलिकोप्टरमा सवार ७ जनाकै मृत्यु भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले हेलिकोप्टर नुवाकोटको मदनपुर– ९ बेतिनीस्थित टुच्चे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बताए । उनले भने- ‘हेलिकोप्टरमा सवार एक सुत्केरीसहित ७ जनाको मृत्यु भएको जानकारी आएको छ । त्यसमा पाइलट पनि परेका छन् ।’

गोरखाको फिलिमबाट विरामी बोकेर सोमबार दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौंका लागि उडेको हेलिकोप्टर नुवाकोट क्षेत्रमा आइपुगेपछि १२ बजेर ३५ मिनेट जाँदा सम्पर्कविहिन भएको थियो ।

को–को थिए हेलिकप्टरमा ?

१) ५ दिनको नवजात शिशु
२) १९ वर्षीय सुत्केरी प्रिती गुरूङ
३) उनका ससुरा ६० वर्षीय कितमान गुरूङ
४) सासु ५६ वर्षीय अज्ञानी गुरूङ
५) लक्ष्मी गुरूङ
६) २२ वर्षीय निशा तामाङ
७) पाइलट रञ्जन लिम्बू