काठमाडौं, २४ साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवस्थापिका–संसद्का विभिन्न दलले संविधानको कार्यान्वयन र समयमा विभिन्न तहको निर्वाचन सम्पन्न गर्न सुझाव दिनुभएको छ ।
आजको बैठकमा दाहाललाई बधाई र शुभकामना दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकार गठनको आधार, पृष्ठभूमि र औचित्य आगामी दिनमा स्पष्ट हुँदै जाने भन्दै नौ महिनापछि सत्ता हस्तान्तरण गर्ने लिखित समझदारीबाट सरकार गठन भएकाले प्रधानमन्त्रीका प्रतिबद्धता पूरा हुनेमा आशङ्का व्यक्त गर्नुभयो ।
राजनीतिक अस्थिरता आउने गरी छिटोछिटो सरकार परिवर्तन गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
उहाँले नेपाली जनताको निर्णायकत्व (सार्वभौमसत्ता)मा २००७ सालदेखि नै बाह्य शक्तिको हस्तक्षेप भएको सन्दर्भमा २०६२ सालमा भारतमा भएको १२ बुँदे सहमतिले जनताको निर्णायकत्व कमजोर भएको र सत्तामा पुग्न जनताको मात्र होइन, बाहिरी शक्तिको पनि सहयोग चाहिन्छ भन्ने मान्यता स्थापित गर्न नहुने बताउनुभयो ।












प्रतिक्रिया