२६ कार्तिक २०८३, बिहिबार

विरामी बोकेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

timthumb

काठमाडौं, २४ साउन । गोरखाको फिलिमबाट विरामी बोकेर काठमाडौं आउँदै गरेको फिस्टेल एयरको नाइन एन ए के ए कल साइन हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ ।

सोमबार दिउँसो सम्पर्कविहीन भएको हेलिकप्टर नुवाकोटको मदानपुर ९ को जंगलमा दुर्घटना भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताए । हेलिकप्टरमा एक चालकसहित ६ जना सवार थिए ।

गोरखाबाट दिउँसो १२ बजेर १० मिनेटमा उडेको हेलिकप्टर नुवाकोट क्षेत्रमा आइपुगेपछि १२ बजेर ३५ मिनेट जाँदा सम्पर्क बाहिर गएको थियो । त्रिभुवन विमानस्थल पुग्न १६ किलोमिटर बाँकी हुँदा हेलिकप्टर सम्पर्कविहीन भएको हो ।