२६ कार्तिक २०८३, बिहिबार

राप्रपाको कार्यसम्पादन समिति बैठक, पार्टी एकीकरणमा छलफल हुने

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati shamsher Ranaकाठमाडौं, २४ साउन । पार्टी एकीकरणका विषयमा अन्तिम निर्णय गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

पार्टी मुख्यालय चाबहिलमा सोमबार बस्ने बैठकमा राप्रपा नेपालसँगको पार्टी एकीकरणका विषयमा छलफल केन्द्रित रहनेछ । स्रोतका अनुसार कमल थापालाई कार्यकारी अध्यक्ष मान्ने कि नमान्ने भन्ने विषयमा बिबाद छ ।

राप्रपाका बरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले कमल थापासँग भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनले राप्रपालाई राप्रपा नेपालमा बिलय गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

पूर्व सहमति अनुसार राप्रपा र राप्रपा नेपालवीच मंगलबार पार्टी एकीकरण हुनेछ । तर राप्रपाको अन्तिम निर्णय नआउँदासम्म दुई पार्टीवीच एकीकरणको विषय अन्यौलमा छ ।