२ कार्तिक २०८३, सोमबार

पुल निर्माणपछि ग्रामीण भेगका स्थानीयलाई सहज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jholunge pulचितवन, २४ साउन । चितवन जिल्लाको ग्रामीण क्षेत्रमा झोलुङ्गे पुल निर्माणपछि एउटा गाउँबाट अर्काे गाउँमा जान स्थानीयलाई सहज भएको छ ।

घन्टौँ समय लगाएर हिँड्नुपर्ने गाउँमा झोलुङ्गे पुलले सहज पारिदिएको शक्तिखोरका स्थानीयवासिन्दा दलबहादुर चेपाङले बताउनुभयो ।

गएको एक वर्षमा चितवनमा रु एक करोड ५० लाखको लागतमा छ वटा झोलुङ्गेपुल निर्माण भएको छ । जिल्ला प्राविधिक कार्यालय चितवनका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा गएको वर्ष ७० मिटरदेखि १२० मिटरसम्मका छ वटा पुल निर्माण भएको छ । यो सँगै जिल्लामा झोलुङ्गे पुलको सङ्ख्या ४७ पुगेको छ ।

कार्यालयका प्रमुख सञ्जीव श्रेष्ठका अनुसार लोथरको थेटार, काउलेको धराङखोला र लामाटार, चण्डिभञ्याङको तुन्टेस, दाहखानीको घट्टेखोला र शक्तिखोरको शक्तिखोलामा पुल निर्माण गरिएको छ ।

उहाँले उपभोक्ता समितिमार्फत नै सबै पुल निर्माण गरिएको जानकारी दिनुभयो । पुल निर्माणका लागि उपभोक्ताको दुई प्रतिशत लगानी छ ।

अधिकांश पुल पहाडी इलाकामा निर्माण भएका छन् । पहाड ठूलो भएको र बर्सेनि खोलाले बगाएर मानिसको ज्यान गएका घटना आउने गरेको क्षेत्रमा पुल निर्माण भएको छ ।

एउटा गाउँ गएर आउँदा घन्टाँै समय लाग्नेमा पुलले गर्दा समयको वचत भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । रासस