१ कार्तिक २०८३, शनिबार

नेपाली सेनाद्वारा जाजरकोट-डोल्पा जोड्ने दुनै सडक निर्माण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dolpa-Army-sadak-nirman (1)

काठमाडौं, २३ साउन । नेपाली सेनाले जाजरकोट–डोल्पा (दुनै) सडकको निर्माण गरेको छ ।

१ सय १७ दशमलब ७७ किलोमिटर सडक निर्माणको लक्ष्य लिइएकोमा सेनाले हालसम्म १ सय ४ किलोमिटर सडक निर्माण सम्पन्न गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । १ सय ४ किलोमिटर सडक निर्माण भएपछि डोल्पा जिल्ला प्रवेशको कार्य सम्पन्न भएको छ । जिल्ला प्रवेशको उद्घाटन प्रधान सेनापति राजेन्द्र क्षत्रीले गरे ।

Dolpa-Army-sadak-nirman (2)

यसअघि प्रधान सेनापति क्षेत्रीले रुकुम जिल्लाको मन्काबगरदेखि डोल्पा जिल्लाको त्रिवेणीसम्म ७७ किलोमिटर सडक खण्डको स्थलगत निरीक्षण गरेर यातायात शुभारम्भ गरेका थिए ।