२६ कार्तिक २०८३, बिहिबार

कक्षा १२ को परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

exam-Boardकाठमाडौं, २३ साउन । गत वैशाखमा उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले लिएको कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा ७३ दशमलव ७७ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।

शिक्षा ऐन संशोधनसँगै परिषद् राष्ट्रिय परीक्षा बोर्डमा परिणत भएपछि बोर्डले आइतबार साँझ पहिलो पटक नतिजा सार्वजनिक गरेको हो ।

प्रकाशित नतिजामा नियमिततर्फ कूल ४० हजार ६०३ विद्यार्थीमध्ये कूल २९ हजार ९५२ जना विद्यार्थी उतीर्ण भएको बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।

उनका अनुसार आंशिकतर्फ कूल नौ हजार ७८१ परीक्षार्थी सहभागी भएकामा चार हजार ४१४ परीक्षार्थी अर्थात् ४५ दशमलव १३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।

गतवर्षको भन्दा यसवर्षको परीक्षामा नियमिततर्फ २ दशमलब १२ प्रतिशत धेरै विद्यार्थी उतीर्ण भएका छन् । गतवर्ष भदौ १५ मा कक्षा १२ को परीक्षाफल सार्वजनिक गरिएकोमा यसवर्ष छिटोगरी परीक्षाफल सार्वजनिक भएको उनले बताए ।

बाँकी सङ्कायको परीक्षाफल आगामी भदौ १५ गतेभित्र सार्वजनिक गरिसक्ने लक्ष्यका साथ काम भइरहेको अर्यालले जानकारी दिए ।