३० आश्विन २०८३, शुक्रबार

जाजरकोटका पहिरो पीडितलाई एभिन्युजको एक लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot-hospital

रामचन्द्र घर्ती
जाजरकोट, ६ भदौ  । जाजरकोटका पहिरो पीडितलाई एभिन्युज राहत कोषबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । एभिन्युज टेलिभिजनका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले उद्योग वाणिज्य संघ जाजरकोटमार्फत उक्त सहयोग रकम उपलब्ध गराउनु भएको हो ।
गत हप्ता भारी वर्षापछि आएको बाढीपहिरोले क्षति पु¥याएका जिल्लाका बारेकोट क्षेत्रका रामीडाँडा, सक्ला र रोकायगाउँ गाविसका पीडितलाई उक्त रकम प्रदान गरिने जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कमानबहादुर खड्काले जानकारी दिनुभयो ।
पहिरो पीडितका लागि संघले शुरु गरेको राहत संकलन अभियानकै क्रममा एभिन्युज राहत कोषबाट उक्त रकम प्राप्त भएको संघले सदरमुकाममा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
संघले यसअघि जाजरकोटका व्यापारीहरु, संघका पदाधिकारीहरुबाट समेत एक लाख २९ हजार सात सय ५० रुपैयाँ बराबरको खाद्य तथा गैरखाद्य सामाग्री राहतस्वरुप प्रदान गरिसकेको छ ।
पहिरोमा परी जाजरकोटमा ४ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । त्यसैगरी ३६ परिवारको घर पूर्ण रुपमा ध्वस्त भएको, ४० परिवार विस्थापित भएको एक सय ५० घरहरु पहिरोको उच्च जोखिममा रहेको जिल्ला दैविप्रकोप उद्धार समितिले जानकारी दिएको छ ।
त्यसैगरी पहिरोमा परि घाइते भएका जारकोटका ४ जना उपचार पछि घर फर्किएका छन् । पहिरोमा परि घाइते भएका ११ मध्ये ९ जनालाई उपचारका लागि सुर्खेत लगिएको थियो । मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा सफल उपचार गराएर उनीहरु घर फर्किएको उद्धार तथा राहतकार्यमा संलग्न उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भद्र वलीले जानकारी दिनुभयो ।
उपचारपछि सदरमुकाम आएका रामीडाँडा–९ धौलाकोटका जैसरी नेपाली, सारदा विक., लले नेपाली र कर्णबहादुर विकलाई जिल्ला प्रशासन कार्यालयले २÷२ हजार रुपैयाँ बाटोखर्च दिएर घर पठाएको छ ।