२६ कार्तिक २०८३, बिहिबार

‘कमल थापा’लाई अध्यक्ष मान्ने विषयमा ‘भाँडभैलो’, २५ गतेको पार्टी एकीकरण अन्यौलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pasupati-Samser-ranaकाठमाडौं, २३ साउन । राप्रपा र राप्रपा नेपालवीच पार्टी एकीकरणको मिति टुङ्गो लागिसकेको अवस्थामा पशुपति शम्शेर राणा नेतृत्वको राप्रपाभित्र कमल थापालाई अध्यक्ष मान्ने कि नमान्ने भन्ने विषयमा गम्भीर मतभेद भएको छ ।

काठमाडौंको चावहिलस्थित पार्टी मुख्यालयमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा साउन २५ गते राप्रपा र राप्रपा नेपालवीच हुने भनिएको पार्टी एकीकरणका विषयमा छलफल केन्द्रित भएपनि छलफल सकारात्मक हुन नसकेपछि सोमबारसम्मका लागि स्थगित भएको हो ।

बैठकमा वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले पार्टी एकीकरणको पक्षमा आफू पनि रहेको भन्दै प्रक्रियाका केही विषयमा चित्त नबुझेको बताउनुभयो । ‘पार्टी एकीकरणको पक्षमा म पनि छु’, उहाँले भन्नुभयो, ‘तर पार्टीलाई ‘बुलडोज’ गरेर लैजाने पक्षमा म छैन ।’

साउन २५ गते पार्टी एकीकरण हुन्छ कि हुँदैन भनेर राखिएको जिज्ञासामा वरिष्ठ नेता डा.लोहनीले भन्नुभयो, ‘त्यो मलाई थाहा छैन । भोलि पनि कार्यसम्पादन समितिको बैठक छ । त्यसको निर्णय नआउँदासम्म मैले केही भन्न सक्दिन ।’

राप्रपाका सहप्रवक्ता किरण गिरीले राप्रपा नेपालसँगको साउन २५ गते हुने भनिएको एकीकरणका विषयमा छलफल भएको जानकारी दिनुभयो । ‘बैठकमा दुई राप्रपावीचको एकीकरणका विषयमा छलफल भइरहेको छ । सोमबारसम्मका लागि बैठक स्थगित भएको छ । अहिले नै केही निर्णय भएको छैन ।’

राप्रपा नेपालसँगको पार्टी एकीकरणका विषयमा राप्रपाका केही नेता तथा कार्यकर्ताले पार्टी मुख्यालय चाबहिलमा आएर असन्तुष्टि समेत जनाइसकेका छन् । उनीहरूले कमल थापाको कार्यशैली ठीक नभएको भन्दै पार्टी एकीकरण गर्न नहुने दबाब दिन थालेको एक नेताले बताए ।

पार्टी एकीकरणको विषयमा बिबाद बाहिर आउन थालेपछि साउन २५ गते गर्ने भनिएको एकीकरण पनि अन्यौलमा पर्न थालेको स्रोतको भनाइ छ ।