२६ कार्तिक २०८३, बिहिबार

उपप्रधानमन्त्री निधी र चिनियाँ राजदूतबीच भेटवार्ता, के-के भयो छलफल ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nidhi-u-chuntai

काठमाडौं, २३ साउन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि चीनका राजदूत उ चुन्ताइबीच भेटवार्ता भएको छ ।

आज बिहान मन्त्री निवास पुल्चोकमा भएको शिष्टाचार भेटमा नेपाल–चीन सम्बन्ध र सहयोगका विविध पक्षबारे विचारविमर्श भएको छ ।

‘आपसी सम्बन्धका सबै पक्षबारे उहाँहरूबीच छलफल भयो’, उपप्रधानमन्त्रीका स्वकीय सचिव विश्वास विक्रमले भने ।

उपप्रधानमन्त्रीसमक्ष राजदूत उले नेपालको सामाजिक–आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।