३० आश्विन २०८३, शुक्रबार

प्रेस चौतारी गुल्मीको अधिवेशन भदौ १७ मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-chautari-Nepalगुल्मी ६ भदौ, आगामी भदौ १७ गते हुन लागेको प्रेस चौतारी नेपाल गुल्मी शाखाको तयारी बैठक सम्पन्न भएको छ ।

शाखाका अध्यक्ष ज्ञानबहादुर महतराको अध्यक्षतामा बसेको तयारी बैठकले आफ्नो पाँचौ अधिबेशनका लागि बिभिन्न उप समितिहरु गठन गरेको छ । अधिबेशनलाई भब्य र ऐतिहासिक बनाउनका लागि शुक्रवार बसेको यस बैठकले आर्थिक सकंलन उप समिति, आर्थिक तथा सागंठनिक उप समिति, सम्पर्क उप समिति र अतिथि स्वागत तथा सत्कार उप समिति गरि ४ वटा उप समिति गठन गरेको प्रेस चौतारी गुल्मीले जनाएको छ ।

आर्थिक सकंलन उप समितिको सयोजक शिवलाल सुबेदी रहनुभएको छ भने सदस्यहरुमा नवराज भुसाल, ज्ञानबहादुर महतारा, घनश्याम गौतम र अनिल खत्री रहनु भएको छ भने आर्थिक तथा सागंठनिक प्रतिबेदन तयार उपसमितिको सयोजकमा ज्ञानबहादुर महतरा, सदस्यहरुमा टोपलाल अर्याल, नारायण प्रभात मरासिनी, सञ्जीवनी अर्याल रहनु भएको छ ।

यता सम्पर्क उपसमितिको सयोजक नवराज भुसाल, सदस्यहरु युवराज बस्याल, अनिल खत्री, नारायण प्रभात मरासिनी र टोपलाल अर्याल रहनु भएको छ । त्यस्तै, सञ्जीवनी अर्याल सयोजक रहेको अतिथि स्वागत तथा सत्कार उप समितिको सदस्यहरुमा सीता भण्डारी, सुशिला थापा, माया पुन र बिष्णु पौडेल रहनु भएको प्रेस चौतारी नेपाल गुल्मीका सचिव शिबलाल सुबेदीले जानकारी दिनुभएको छ ।

भर्खर मात्र सम्पन्न भएको नेकपा एमालेको नवौ महाधिवेशनबाट पाटी केन्द्रीय सचिवमा विजयी बन्नुभएका गुल्मीका नेताद्धय प्रदीपकुमार ज्ञवाली र गोकर्ण बिष्टलाई पाँचौ अधिबेशनका अवसरमा सम्मान गर्ने समेत बैठकले निर्णय गरेको छ ।

पाँचौ महाधिबेशनमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, महासचिव माधव नेपाल लगायत प्रेस चौतारी नेपालका पश्चिमाञ्चल सयोजक तथा उपाध्यक्ष मुकेश पोखरेल, लुम्बिनी अञ्चल सयोजक भरत केसी लगायत लुम्बिनी अञ्चलबाट केन्द्रीय सदस्य बन्नुभएका सदस्यहरु र प्रेस चौतारी नेपाल नवलपरासी जिल्ला अध्यक्ष, रुपन्देही जिल्ला अध्यक्ष, कपिलबस्तु जिल्ला अध्यक्ष, पाल्पा जिल्ला अध्यक्ष अर्घाखाची जिल्ला अध्यक्ष लगायत लुम्बिनी अञ्चल कमिटीका अध्यक्ष लगायत सम्पुर्ण अञ्चल सदस्यहरुलाई अधिबेशनमा आमन्त्रण गरिने भएको छ ।

पाँचौं अधिबेशनमा प्रतिनिधि, पर्यवेक्षक, केन्द्रीय प्रतिनिधि गरि १ सय ५० भन्दा बढीको उपस्थिति हुने गुल्मी शाखा सचिव सुबेदीले जानकारी दिनुभयो ।

अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । शाखाका सचिव सुवेदीको सञ्चालनमा पाँचौ अधिबेशनका लागि बसेको तयारी बैठक नेकपा एमाले गुल्मीका कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्तको प्रमुख आथित्यता र पाटी सचिव सोमनाथ सापकोटा, उपसचिव बालसिहं काउछा, सचिवालय सदस्यहरु जगं नेपाली, गणेश श्रीपाली, हिरा एसी लगायतको उपस्थिति थियो ।