११ कार्तिक २०८३, बुधबार

मलेसियाले फेरि विदेशी कामदार लैजान थाल्यो, नेपाली पनि जान पाउने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesiyaकाठमाडौं, २३ साउन । मलेसिया कामदारा पठाउन पुनः खुला भएको छ । अगष्ट १ देखि मलेसियाले विदेशी कामदार लिन खुला गर्ने निर्णय गरेको हो ।

अब नेपालसहित १५ वटा मुलुकबाट कामदार त्यहाँ जान सक्नेछन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

झन्डै सात महिनादेखि मलेसिया कामदार पठाउन बन्द हुँदा नेपाललाई सबैभन्दा बढी मार परेको थियो ।

यो सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुक हो । रेमिट्यान्स पनि सबैभन्दा धेरै यही देशबाट आउने गर्छ ।

मलेसियाले अबदेखि बंगलादेशबाट पनि कामदार लिने भएको छ । यसअघि १४ वटा स्रोत मुलुकमा राखिएकोमा अब बंगलादेश पनि थपेर १५ पुर्‍याइएको हो ।

बंगलादेश खुला गरेपछि नेपालीलाई भने कामदार पठाउन खुला भए पनि तुलनात्मक रूपमा घाटा हुने भएको छ ।

विगतमा बंगलादेश बन्द गरेकै कारण नेपालीले विविध अवसर पाएक थिए । निशुल्क भिसा र टिकटमा बंगलादेशसँग प्रतिश्पर्धा गर्न कठिन हुने व्यवसायीहरू बताउँछन् ।