काठमाडौं, २३ साउन । इन्धन आपूर्तिका हिसाबले महत्वपूर्ण मानिएको योजना सीमवर्ती रक्सौलदेखि अमलेखगन्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रूत कार्यान्वयनमा भारतीय पक्षले तत्परता देखाएको छ ।
भारतीय केन्द्र सरकारले मन्त्रिस्तरीय टोलीले त्याहाँको सम्बन्धित पूर्वी चम्पारण जिल्ला भ्रमण गरी स्थानीय अधिकारीलाई पाइपलाइन आफ्नो सरकारको प्राथमिकतामा रहेको जनाउँदै आवश्यक निर्देशन दिएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।
भारत विहारको रक्सौलदेखि नेपालको बारा जिल्लाको अमलेखजन्गसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रूत गतिमा कार्यान्वयनमा लान बिहारका अधिकारीलार्इ उक्त योजनाको सम्झौत पत्रमा हस्ताक्षर गरेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले निर्देशन दिएका हुन् ।
प्रधान गत आइतबार सीमावर्ती पूर्वी चम्पारण जिल्लाको मुख्यालय मोतिहारीमा पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकै एक योजनासम्बन्धी औपचारिक कार्यक्रममा सहभागित हुन आएका थिए ।
उनीसँगै मोदी सरकारमा प्रभावशाली मानिने केन्द्रीय कृषी मन्त्री राधामोहन सिंह सामेल थिए ।
प्रधानले स्थानीय अधिकारीहरुलाई पाइपलाइन योजनामा सहजीकरण गर्न समेत निर्देशन दिइएको स्रोतले बताएको छ ।
पाइपलाइन योजना निर्माण अघि बढाउन विषयमा छलफल गर्न गत जेठ २४ र २५ गते दिल्लीमा बैठक बसेको थियो ।
नेपाल र भारतका उच्च अधिकारीहरु सहभागी उक्त बैठकमा जग्गा अधिग्रहण, प्राविधिक सर्भे र भन्सारसँग सम्बन्धित सम्पूर्ण कार्यहरु तुरुन्त सुरु गर्ने निर्णय गरेको थियो ।
दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका नेपाली पक्षले सो पाइपलाइन निर्माणका लागि आग्रह गरेको थियो ।
उक्त पाइपलाइन निर्माण सम्बन्धी सम्झौता पत्रमा गत भदौ ७ गते भारतका तर्फबाट मन्त्री प्रधानले नै र नेपालतर्फबाट तत्कालीन वाणिज्य मन्त्री सुनिलबहादुर थापाले हस्ताक्षर गरेका थिए ।















प्रतिक्रिया