गणेश वि.क.
रुकुम, भदौ ६ । बाढी पीडितहरुका लागि रुकुम जिल्लाका निजामती कर्मचारीहरुले एक दिनको तलब वरावरको रुकम सहयोग गर्ने भएका छन् ।
जिल्लाका बाढी पीडितहरुको सहयोगार्थ उक्त रकम संकलन गरी एक कार्यक्रमका बीच सहयोग गरिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
एक साता अघि ३ दिनसम्म लगातारको वर्षा पछि आएको बाढी पहिरोले जिल्लाका चुनवाङ, चौखावाङ, स्यालापाखा, मुरु लगाएतका गाविसहरुमा धनजन र मानवीय क्षति भएको थियो ।
यस भन्दा अघि दैविप्रकोप तथा उद्धार समिति, नेपाल रेडक्रस, उद्योग वाणिज्य संघ लगाएतका संघसंस्थाहरुले सहयोग प्रदान गरिसकेका छन् ।
साथै नेकपा एमाले रुकुमले पनि आर्थिक सहयोग गरेको छ । जिल्लामा बाढी पहिरोले करोड भन्दा वढीको क्षति पु¥याएको छ भने तीन जना मानिसहरुको मृत्यु भई सकेको सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।
















प्रतिक्रिया