काठमाडौं, २२ साउन । नेपालमा राष्ट्रप्रमुखका छोराछोरी विदेश पढ्न गएको र छात्रवृतिमा रमाएको सुनिन्छ । तर, पश्चिमा राष्ट्रका प्रमुखका छोराछोरी श्रमिकदेखि कामदारसम्म बन्ने गरेका छन् ।
यसको पछिल्लो उदाहरण बनेकी छिन् अमेरिकी राष्ट्रपति बराक ओबामाकी छोरी । ओबामाकी कान्छी छोरी साशा ह्वाइट हाउसको एस आरामको विलासी जीवन छाडेर एक अमेरिकी रेष्टुरामा वेटरको काम गर्न थालेकी छिन् ।
बीबीसीका अनुसार १५ वर्षकी साशा गर्मीको विदाईलाई उपयोग गर्दै मेराचुसेट्सको मार्था वाइनयार्डस्थित एक रेष्टुरामा काम गर्न थालेकी हुन् । जहाँ उनले ग्राहकलाई भोजन उपलब्ध गराउने काम गरिरहेकी छिन्

ह्वाइट हाउसले साशाको कामको विषयमा कुनै पनी आधिकारी टिप्पणी गरेको छैन् । साशाले रष्टुराका टेबलमा ग्राहकलाई खाना लगिदिनु र लञ्चको समयमा रेष्टुरालाई चुस्त बनाउने कार्य गर्नु अर्काे काम हो ।
साशाभन्दा अघि उनकी दिदी मालियाले पनी फिल्मको सेटमा दुईपटक इन्टर्नसीपको काम गरेकी थिइन् । उसो त राष्ट्रपति ओबामा पनी निम्नवर्गीय परिवार तथा अश्वेत जातका प्रथम राष्ट्रपति हुन् । उनले पनी विगतमा निकै ठूलो संघर्ष गरेको इतिहास पाइन्छ ।


















प्रतिक्रिया