काठमाडौँ, २२ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अघिल्लो सरकारले सिफारिस गरेका १४ जना राजदूतको नाम फिर्ता लिएर अहिलेको सरकारले गल्ती गरेको बताएका छन् ।
रौटहट–काठमाडौँ सम्पर्क मञ्चको प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइका क्रममा रहेका १४ जना राजदूतको नाम फिर्ता लिएर सरकारले दलहरुबीचको दूरी झनै बढाएको बताए । ‘यसको परिणाम नराम्रो हुनसक्छ,’ उनले भने ।
सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले सिफारिस गरेका एमाले र नेकपा माओेवादी केन्द्रका कोटामा परेका १४ राजदूतको नाम सरकारबाट फिर्ता लिने निर्णय गरेको थियो ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सरकारले गरेका राम्रो कामको साथ दिने भन्दै अघिल्लो सरकारले गरेको सबै सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।












प्रतिक्रिया