काठमाडौं, २२ साउन । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएकी छन् ।
गोरखापत्र संस्थान कर्मचारी संघको सातौँ केन्द्रीय महाधिवेशनको उद्घाटनमा सुजाताले मुलुकलाई विकासको बाटामा लैजानका लागि सहमति, सहकार्य र एकता आवश्यक रहेको बताइन् ।
उनले मुलुकलाई विकास र समृद्धिको बाटामा लैजानका लागि कुनै पनि सरकार स्थायी रुपमा चल्नुपर्ने बताउँदै भनिन्– ‘नौ–नौ महिनामा सरकार बनाउँदा वा ढाल्दा मुलुक अस्थिरतातर्फ जान्छ ।’
व्यक्ति र पार्टीको हितभन्दा पनि राष्ट्रको हितका लागि राजनीतिक दल लाग्नुपर्नेमा जोड दिँदै सुजाताले संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटामा अगाडि लैजानुपर्ने धारणा राखिन् ।












प्रतिक्रिया