काठमाडौं, २२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र मन्त्रिपरिषद विस्तारका विषयमा परामर्श भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटवार्तामा मन्त्रिमडल विस्तारका विषयमा परामर्श भएको हो । दाहाल र देउवावीच साना दलका साथै आआफ्ना पार्टीबाट सहभागी हुने मन्त्रीहरूका विषयमा पनि कुराकानी भएको बुझिएको छ ।
सरकार सञ्चालनका लागि आवश्यक सुझाव दिन गठन गर्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रका विषयमा समेत परामर्श भएको स्रोतले जनाएको छ ।











प्रतिक्रिया