२ कार्तिक २०८३, सोमबार

बाढीपहिरो पीडितलाई तत्काल पुनर्वास गराउँन प्रधानमन्त्रीको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sindhu-team-eith-pm

काठमाडौँ, ६ भदौं । सिन्धुपाल्चोकका राजनीतिक दलका नेता र उद्योगी व्यापारीहरुले बाढीपहिरो पीडितको लागि पर्याप्त राहत पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रधानमन्त्री सुशील कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटारमै भेटी उनीहरुले सिन्धुपाल्चोकको जुरेका पहिरो पीडितलाई तत्काल पुनर्वास र नष्ट भएका भौतिक संरचना तत्काल पुनर्निर्माण गर्न समेत माग गरेका थिए ।

उनीहरुले पहिरो गएको लामो समय भइसक्दा पनि विस्थापितहरुलाई पुनर्वासको व्यवस्था नभएको भन्दै स्रकारको आलोचना गरेका थिए ।

प्रधानमन्त्रीलाई भेट्न एमाले सभासद अमृतकुमार बोहरा, शेरबहादुर तामाङ, राप्रपा सभासद रमेश लामा, पूर्व सभासद एवम नेकपा–माओवादीका नेता दावा तामाङ लगायतको टोली शुक्रबार बालुवाटार पुगेको थियो ।

टोलीमा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठ,उपाध्यक्ष निमफुञ्जो शेर्पा, नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष निलकण्ठ चौलागाई,ट्रक कन्टेनर व्यावसायी संघका अध्यक्ष राजकुमार पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।
उनीहरुले राजमार्ग अवरुद्ध भएपछि चीनसँगको व्यापारीका कारोबार ठप्प भएकाले तत्काल वैकल्पि व्यवस्थाबाट भन्सारको कारोबार सूचारु गरिनुपर्ने माग पनि राखेका थिए ।

प्रधानमन्त्री कोइरालाले सिन्धुपाल्चोकको पहिरो पीडितहरुको तत्काल पुर्नबासको लागि आफु गम्भीर भएको र नष्ट भौतिक संरचना पुनर्निर्माणका लागि सम्बन्धीत निकायलाई निर्देशन बताउनु भएको थियो ।