२६ कार्तिक २०८३, बिहिबार

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandssकाठमाडौं, २२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न ईच्छुक रहेको बताउनुभएको छ ।

शुभकामना दिन शनिबार बिहान बालुवाटार पुगेको नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्वको टोलीसँग दाहालले नीजि क्षेत्रसँग मिलेर काम गर्न ईच्छुक रहेको बताउनुभएको हो ।

‘यहाँहरूसँग थप छलफल गरेर आर्थिक क्षेत्रमा गुणात्मक प्रगति हासिल गरिनेछ’, दाहालले भन्नुभएको छ ।

भेटका क्रममा उद्योगी व्यवसायीहरूले सरकारले नीजि क्षेत्रसँगको सहकार्य गर्ने अपेक्षा गरेका थिए । उनीहरूले नीजि क्षेत्र सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्ध रहेको बताए ।