२९ आश्विन २०८३, बिहिबार

दैविप्रकोप उद्धार कोषमा नेपाल टेलिकमको २ करोड सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-talicom

काठमाडौँ, ६ भदौं । नेपालको अग्रणी सेवाप्रदायक संस्था नेपाल टेलिकमले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा २ करोड रुपैया सहयोग गरेको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक समारोहमा नेपाल टेलिकमका अध्यक्ष एवं सञ्चार सचिव सुनिलबहादुर मल्लले २ करोड रुपैयाको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुृभएको थियो ।

नेपाल टेलिकमका कर्मचारीहरुका तर्फबाट करिब ३५ लाख रुपैयाँ, सञ्चालक समितिका सदस्यहरुको तर्फबाट करिब २५ हजार रुपैया र बाँकी टेलिकमको कोषबाट रकम संकलन गरी उद्धार कोषलाई प्रदान गरिएको हो ।

प्रधानमन्त्री कोइरालाले चेक प्राप्त गरेपछि प्राकृतिक प्रकोप पीडितको उद्धार, राहत र पुनस्थापनामा सबै क्षेत्रबाट स्वस्फूर्त रुपमा प्राप्त आर्थिक सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

कोइरालाले आवश्यक पर्दा नेपालीहरु तन, मन र धन सबै कुराले सहयोग गर्न सक्दछन भन्ने सिद्ध भएको पनि बताउनु भयो ।