२ कार्तिक २०८३, सोमबार

एमाओवादी नेतृत्वको मोर्चा किन सक्रिय बन्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha-moast

काठमाडौँ, ६ भदौं । एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित संघीय गणतान्त्रिक मोर्चा पछिल्लो समय सक्रिय बनेको छ ।

संविधान निर्माणका विषयमा साझा धारणा बनाउने भन्दै सक्रिय बनेको उक्त मोर्चाको बैठक आज बस्ने भएको छ ।

दिउँसो ३ बजे एमाओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बस्न लागेको एमाओवादीका एक नेताले जानकारी दिए ।

बैठकमा संविधानका अन्तरबस्तुमा मोर्चाको साझा धारणा तय गर्ने विषयमा छलफल गरिने ती नेताको भनाई छ ।

मोर्चाले एमाओवादी र सरकारसँग भएको १२ बुँदे सम्झौता, मधेसवादी दल र सरकारसँग भएको २२ बुँदे र ८ बुँदे सम्झौता तथा अन्य सम्झौताका विषयमा पनि छलफल गर्ने तयारी गरेको छ ।

मोर्चामा एमाओवादीसँगै मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, लोकतान्त्रिक, तराई मधेस सद्भावना पार्टी र संघीय समाजवादी पार्टी छन् ।