१ कार्तिक २०८३, आइतबार

भारतमा आतंकवादी हमला, १४ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kokrajhar-indian

काठमाडौं, २१ साउन । भारतको असामस्थित कोकाराझारमा बम विस्फोट तथा अन्धाधुन्द फायरिङ १४ जनाको मृत्यु भएको छ ।

एक बालकसहित १५ जना गम्भीर घाइते छन् । असमका डीजीपीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले तीन जना आतंकवादी लडाकुले आर्मी पोशाक लगाएर बालाजान र तेनाली मार्केटमा अन्धाधुन्द फायरिङ गरेको उल्लेख गरेका छन् ।

assam-india

समाचार अनुसार तीनमध्ये दुई लडाकु सैनिक कारवाहीमा मारिएका छन् । आसामको राज्य सरकारले यो घटनामा विद्रोही समूह बोडोले आक्रमण गरेको हुनसक्ने आशंका गरेको छ । यद्यपी पुष्टि भइसकेको छैन् ।

मारिएका लडाकुबाट अत्याधुनिक हतियार र थुप्रै विस्फोटक पदार्थ समेत बरामद गरिएको छ ।

घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले असामका मुख्यमन्त्री सर्वानन्द सोनोवालसँग टेलिफोन गरी जानकारी लिएका छन् ।