काठमाडौँ, ६ भदौं । नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको छ ।
स्वास्थ्यकर्मीहरुलाई अदक्ष र असक्षम बनाउने षड्यन्त्र सरकारबाट भइरहेको आरोप लगाउँदै संघले सरकारलाई आफ्ना माग पुरा गराउन ७२ घन्टे अल्टिमेटम दिएको हो ।
संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुँदै आएको विरोध कार्यक्रमलाई नेपाल सरकारले पूूर्णरुपमा बेवास्ता गरेको, २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएका उपलब्धिहरु क्रमिक रुपमा खोसिंदै गएको जस्ता आरोप सरकारलाई लगाएको छ ।
संघले गत भदौ २ गतेदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्ना माग पुरा गराउन माग गर्दै विरोधका कार्यक्रम गर्दै आएको थियो ।
त्यसैगरी संघको कार्यकारिणी समितिको आकस्मिक बैठकले ७२ घन्टाभित्र मागको सम्बोधन नभए बाध्य भएर देशभरका सम्पूर्ण सरकारी तथा निजी अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।
यसबाट पर्न सक्ने असुुविधाको जिम्मेवारी सरकारले लिनुपर्नेसमेत संघको भनाइ छ । एक विज्ञप्ति नै प्रकाशित गरेर मुलुकभरीका चिचित्सकहरुलाई आन्दोलन बारे संघले जानकारी गराएको छ ।
















प्रतिक्रिया