२६ कार्तिक २०८३, बिहिबार

मधेस आन्दोलनका मृतकका परिवारलाई जनही १० लाख दिने सरकारको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Cabinet-mantriparisad-baithak

काठमाडौं, २१ साउन । सरकारले मधेस आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आन्दोलनमा मारिएकाहरुको परिवारलाई १०–१० लाख रुपैयाँ क्षतिपूर्ति निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री कृष्ण महराले जानकारी दिए ।

उनकाअनुसार बैठकले घाइतेहरुको उपचार खर्च सरकारले व्यहोर्ने, आफ्नै पैसामा उपचार गराउने घाइतेहरुले विल भरपाई उपलब्ध गराएपछि पैसा फिर्ता गर्ने निर्णय पनी भएको छ ।

बैठकले मधेस आन्दोलमा भएको भनिएको दमन छानबिन गर्ने आयोग गठनका लागि गृहकार्य गर्न गृहमन्त्रालयलाई एक हप्ताको समय जिम्मेवारी दिएको छ ।