काठमाडौं, २१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरूसँग परामर्श गर्दै हुनुहुन्छ ।
सिंहदरबारमा हुने छलफलमा मधेसी मोर्चाका मागका विषयमा परामर्श हुनेछ । मधेसी मोर्चाले सरकारलाई दिएको समर्थनअनुसार वर्तमान सरकारले माग पूरा गर्ने सहमति भएको थियो ।
सहमति अनुसार शहीद घोषणा, घाइतेको उपचार, क्षतिपूर्ति, न्यायाधीक छानविन आयोग गठन आदि रहेका छन् । त्यसपछि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउने उल्लेख छन् ।
प्रधानमन्त्री दाहालसँग परामर्श गर्न जानुअघि मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनका नेताहरूको बैठक तीनकुनेमा बस्दैछ । बैठक अहिले केही समय लगत्तै बस्नेछ ।











प्रतिक्रिया