२६ कार्तिक २०८३, बिहिबार

मन्त्रिपरिषद्को पहिलो बैठकः प्रधानमन्त्री प्रचण्डले गराए चार निर्णय

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pm-prachanda-1

काठमाडौँ, २० साउन । सरकारले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका र बेपत्ता भएका नागरिकलाई राहत दिन पूर्ववर्ती सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने भएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सहिद, बेपत्ता तथा घाइते योद्धाका पक्षका गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

यस्तै, हालैको बाढी पहिरोमा परी ज्यान गुमाएका नागरिकलाई रु एक लाख राहत प्रदान गर्ने निर्णयसमेत आजको मन्त्रिपरिषद्को बैठकले गरेको उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले गत सालको ‘गोरखा भूकम्प’ र बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

नयाँ सरकार गठन गर्न सहयोग गर्ने व्यवस्थापिका–संसद्, राजनीतिक दल, सांसद्लाई धन्यवादसमेत ज्ञापन गरेको छ । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनमा ज्याउन गुमाउने सहिदप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गरिएको उपप्रधानमनत्री महराले जानकारी दिनुभयो ।

प्रचण्ड सरकारका चार निर्णय/निर्देशन

Pm-prachanda

१) गरिबका लागि सरकार कार्यक्रम । पहिचानका क्रममा रहेका गरिव घरपरिवारको परिचान कार्यलाई सम्पन्न गरी उनीहरुको जीवनस्तर उकास्न गरिबका लागि सरकार कार्यक्रम संचालन गर्ने । यस अभियानमा आयआर्जन, शिक्षा, स्वाथ्य विमा, तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैक तथा बजार एकीकरण र खाद्य सुरक्षा जस्ता कार्यक्रमहरु सञ्चालन गरिने ।

२) भूकम्प पीडितलाई राहत र पुनर्निर्माण । सरकारले ३१ जिल्लाका ५ लाख ३३ हजार परिवारलाई अनुदानको पहिलो किस्ता अबको ४५ दित्र हस्तान्तरण गर्ने ।

३) चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा आगामी ३ महिनाभित्र चिकित्सक पठाइसक्ने र जिल्ला र त्यसमाथिका सरकारी अस्पतालहरुले एकै छातामुनी सबै सुविधा दिने नीति अन्तरगत गुणस्तरीय औषधि उपलब्ध गराउन औषधि कक्षा यस आर्थिक वर्षबाट सञ्चालन गर्ने ।

४) चौथो निर्णय देशभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न म्याद भित्र आउने परिवारलाई प्रत्साहन स्वरुप १ हजार दिने ।

सरकारको प्रवक्ताको जिम्मेवारी महरालाई

Krishna-mahara

तत्कालका लागि सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधानमन्त्री महरालाई तोकिएको छ । यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका प्रधानमन्त्री लि खछ्याङ र अमेरिकी सरकारका तर्फबाट शुभकामना सन्देशसमेत प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको लागि निम्तो दिनुभएको पत्रसमेत प्राप्त भएको उहाँको भनाइ छ । रासस