१ कार्तिक २०८३, आइतबार

तालिवानको प्रमुख कमाण्डर र अन्य चारको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

taliwani-622x433

कुन्दुज (अफगानिस्तान) २० साउन । तालिवानको प्रमुख कमाण्डर र उनका चार सहयोगी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला ए जाल जिल्लामा मारिएका छन् । प्रान्तीय प्रहरी प्रमुख मोहमद कसिम जानगालबाघले बिहीबार सो जानकारी दिएका छन् ।

कला ए जाल जिल्लामा भएको मानवरहित विमान आक्रमणमा त्यहाँ लुकेर बसेका तालिवानका कुख्यात कमाण्डर मुल्लाह खैरुल्लाह र उनको चार सहयोगी मारिएका जानगालबाघले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

खैरुल्लाहले ३ सय भन्दा बढी सशरुत्र आतङ्ककारीहरुलाई गत दुईबर्ष भन्दा बढीदेखि कमाण्ड गर्दै आएका थिए । उनको मृत्यु कुन्दुज र छिमेकमा पर्ने तखार र बाघलान प्रान्तका तालिवान आतङ्ककारीहरुको लागि गहिरो प्रहार भएको पनि प्रहरी प्रमुखले बताएका छन् ।

तर यस प्रान्तहरुमा सक्रिय रहदै आएका तालिवान आतङ्ककारी समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन् ।

ताजकिस्तानको सीमामा पर्ने कला एक जाल जिल्लामा गत केही महिना यतादेखि तालिवान आतङ्ककारी र सुरक्षाबलबीच झडप जारी रहेको बताइएको छ । रासस/सिन्हवा