२६ कार्तिक २०८३, बिहिबार

प्रचण्ड नेतृत्वको सरकार असफल भए माओवादी पत्तासाफ हुन्छ: बादल

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

badal

काठमाडौं, २० साउन । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार असफल भए माओवादी पत्तासाफ हुने बताउनुभएको छ ।

फाल्गुनन्द फिल्मस् प्रालिले विहिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका नेता थापाले प्रचण्ड नेतृत्वको सरकार माओवादी केन्द्रका लागि ठूलो परीक्षा भएको बताउनुभयो ।

असन्तुष्ट दलका माग सम्बोधन गरेर संविधान कार्यान्वयन गर्न तथा विगतका गल्तीबाट पाठ सिकेर विकास निर्माणका काम अगाडि बढाउन नसके पार्टी पत्तासाफ हुने उहाँको भनाई थियो ।

नेपाली काँग्रेस र माओवादी केन्द्रले संघीय गठबन्धन र मधेशी मोर्चासँग गरेको सहमतिले पिछडिएका मधेसी र जातजाति समुदायमा आशा जागेको भन्दै अब त्यो आशालाई निराशामा परिणत हुन नदिन सरकारले जातीय पहिचान सुनिश्चित हुने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्नेमा नेता थापाले जोड दिनुभयो ।