२६ कार्तिक २०८३, बिहिबार

प्रचण्डसँगै कांग्रेस र माओवादीबाट दुई उपप्रधानमन्त्रीले सपथ लिने निश्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahara-vs-nidhi

– विमल योगी

काठमाडौं, २० साउन । प्रधानमन्त्री पुपष्कमल दाहाल प्रचण्डसँगै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट दुई उपप्रधानमन्त्रीले सपथ लिने निश्चित भएको छ ।

विहीबार दिउँसो नयाँ बानेश्वरमा बसेको कांग्रेस र माओवादीको संयुक्त बैठकले दुई उपप्रधानमन्त्रीको टुंगो लगाएको हो । जसअनुसार कांग्रेसबाट विमलेन्द्र निधीले उपप्रधान तथा गृहमन्त्रीको सपथ लिने भएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डसँगै कृष्ण महराले उपप्रधान तथा अर्थ मन्त्रालयको सपथ लिनेछन् ।

बैठकपछि नेता महराले दुई दलका शीर्ष नेताको बैठकले सरकारमा सुरुमा दुई उपप्रधानमन्त्री पठाउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार अरु मन्त्रालयको बारेमा केही निर्णय भएको छैन् । अरु मन्त्रीबारे पछि छलफल हुने तर, अहिलेसम्म प्रधानमन्त्रीसँग दुई उपप्रधानमन्त्रीले सपथ लिने उनको भनाई ।

नेताहरुले दुई उपप्रधानमन्त्री सपथ खुवाउने निर्णय गरेपनि अरु मन्त्रीहरु पनी थपिने सम्भावना छ । प्रधानमन्त्री प्रचण्डले आजै राष्ट्रपतिबाट सपथ लिदैछन् ।