काठमाडौँ, २० साउन । नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेससँगको सहमतिपछि मन्त्रीमण्डलमा सहभागी हुने मन्त्रीको नामावली चयन गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवासमा आज बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले आजै अपराह्न १ बजे काँग्रेससँगको संयुक्त छलफलपछि मात्रै मन्त्रीको चयन गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारका सहयात्री दलसँगको छलफलपछि मात्रै मन्त्रीको अन्तिम नाम चयन गरिने जानकारी दिइन् । तर, उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा भने कृष्णबहादुर महरालाई पठाउने अनौपचारिक निर्णय भएको जनाइएको छ ।












प्रतिक्रिया