काठमाडौँ, ५ भदौ । फोनबाट धम्की दिएर आफू ‘डन’ भएको बताउँदै रकम माग गर्ने एक युवा प्रहरी फन्दामा परेका छन् ।
अमित डनको नाममा फोन गरेर धम्की दिएको अभियोगमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले धापासी–९ बस्ने १८ वर्षीय आशिष पाण्डेलाई पक्राउ गरेको हो ।
पाण्डेले न्यूरोडका एक कम्यूटर व्यापारीलाई एक पटक फोन गरेर घाँटी छिनाइदिने धम्की दिँदै १५ लाख रुपैयाँ माग गरेका थिए ।
पाण्डेले अर्काको मोवाइल सिम दुरुपयोग गरेर ब्यापारीलाई धम्की दिएको खुलेको छ ।
















प्रतिक्रिया