२६ कार्तिक २०८३, बिहिबार

तीन बजे शपथ लिएपछि के-के गर्दै छन् ‘प्रचण्ड’ले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand Pmकाठमाडौं, २० साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएपछि शहीद स्तम्भ लैनचौरमा माल्याअर्पण गर्ने कार्यक्रम छ ।

अरान्ह तीन बजे प्रचण्डले शपथ लिने कार्यक्रम छ । त्यसपछि दाहालले पुष्पलाल स्मृति पार्क चम्पादेवीमा माल्यअर्पणका साथै पार्टी केन्द्रीय कार्यालय सहिद तथा वेपत्ता योद्धा स्तम्भमा माल्यअर्पण गर्ने प्रेस नोटमा जनाइएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आजै पदबहाली गर्ने कार्यक्रम छ ।

दाहाल बुधबार संसदबाट अत्याधिक मतसहित कांग्रेससहितका दलहरूको समर्थनमा विजयी भएका थिए ।