२६ कार्तिक २०८३, बिहिबार

पौडेल समूहले देउवालाई दियो कडा चेतावनी, एकलौटी मन्त्री सिफारिस गरे राम्रो नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram chandra poudel Sher Bahadur Deubaकाठमाडौं, २० साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलाले पार्टी पद्धति र प्रक्रिया निर्णयका साथ अगाडि बढ्न सभापति शेरबहादुर देउवालाई चेतावनी दिएको छ ।

काठमाडौंको बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित माउन्ट भ्यू पार्टी प्यालेसमा बिहीबार बिहान बसेको पौडेल समूहको भेलाले मन्त्रीहरू सिफारिस गर्दा पार्टीका विधान र पद्धतिअनुसार गर्नुपर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार सभापति देउवाले विधान, पार्टी पद्धति मिचेर एकलौटी रुपमा मन्त्री सिफारिस गर्न थालेको भन्दै सहभागीहरूले अपात्ति जनाएका थिए ।

केन्द्रीय कार्यसमितिको म्याण्डेट लिएर सभापति देउवाले संसदीय कार्यसमितिबाट मन्त्रीहरू सिफारिस गरिनुपर्ने पौडेल समूहको माग छ ।

पौडेल समूहको भेलामा सांसद र केन्द्रीय सदस्यसहित करीव ४०–५० जनाको सहभागिता रहेको बुझिएको छ ।

भेलामा बोल्नेहरूमा रामश शरण महत, सीतादेवी यादव, प्रकाशमान सिंह, महेश आचार्य, अमर पुन, गोविन्द भट्टराई, रञ्जित कर्ण, भरत खड्का, चन्द्र महर्जन, रोमी गौचन, राजन के.सी.लगायत रहेका थिए ।