
काठमाडौं, २० साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालका लागि भारतीय राजदूत रञ्जीतले बधाईसहित भारतको सन्देश सुनाएका छन् ।
विहीबार विहान प्रचण्ड निवास लाजिम्पाट पुगेर राजदूत रेले प्रधानमन्त्रीमा निर्वाचित भएका प्रचण्डलाई बधाइ तथा शुभकामना दिँदै भारतले नयाँ सरकारलाई पूरा सहयोग गर्ने सन्देश सुनाएका हुन् ।
प्रचण्डको निजी सचिवालयका अनुसार भारतीय दूतावासका अन्य दुई कर्मचारीसहित आएका राजदूत रेले बधाईसहित भारत भ्रमणको निम्तो दिएको र प्रधानमन्त्रीको पहिलो भ्रमण भारतबाटै होस् भन्ने दिल्लीको चाहना रहेको पनि स्मरण गराएका थिए ।
यसअघि बुधबार प्रधानमन्त्रीमा निर्वाचित हुनेवित्तिकै प्रचण्डलाई फोन गरेर बधाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिइसकेका छन् ।
दिल्लीले चाँहेजस्तै हुने
यता प्रधानमन्त्री प्रचण्डले भारतसँग चिसिएको सम्बन्ध सुधार्न पहिलो विदेश भ्रमण भारतबाटै गर्ने योजना बनाएका छन् । प्रचण्ड निकट नेताहरुका अनुसार उनले भारत र त्यसलगत्तै चीन भ्रमण गरेर कूटनीतिक सन्तुलन कायम गराउने योजना बनाएका हुन् ।
प्रचण्डलाई भारतले सपथग्रहणपछि राजदूतमार्फ निमन्त्रणापत्र समेत पठाउने तयारी गरेको र राजदूत रेले प्रचण्डलाई केही दिनभित्रै भेटेर हस्तान्तरण गर्ने स्रोतले बतायो ।
भारतको निमन्त्रणा र प्रचण्डको योजनाले अब नेपालका ३९ औं प्रधानमन्त्रीको पहिलो भ्रमण भारतबाटै हुने देखिएको छ । जून दिल्लीले पनी चाहेको छ ।
उसो त भारतको चाहना अनुसार परम्परादेखि नै नेपालका प्रधानमन्त्रीहरु पहिलो विदेश भ्रमण भारतबाटै गर्ने गरेका छन् ।











प्रतिक्रिया